इपुर्वी खबर

शिक्षा

लिङ्कन मन्टेश्वरीको आयोजनामा  मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु

लिङ्कन मन्टेश्वरीको आयोजनामा मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु

  बिर्तामोड कार्तिक २३।।   झापाको बिर्तामोडमा संचालित  लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट मन्टेश्वरीका शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । दुईदिन सम्म चल्ने  तालिम मन्टेश्वरी शिक्षिक-शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले  आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोड र कन्काई नगरका पाँच वटा विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । तालिमको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल तथा हिसान झापाका सचिव देबेन्द्र हुँमागाईले उद्घाटन गरेका छन् । तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी स्कूल  र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको…
Read More
सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

सांस्कृतिक चाडपर्वका महत्त्व र विशेषताहरू विद्यार्थीलाई सिकाउँदै लिङ्कन मन्टेश्वरीको तिहार शुभकामना कार्यक्रम सम्पन्न

  बिर्तामोड कार्तिक १३ ।।  लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा विद्यालयमा अध्ययनरत सानासाना नानीबाबुहरूसँग देउसी भैलो खेली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो । तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताए । तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी…
Read More
कक्षा १२ को  ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक ७०% भन्दा बढी विद्यार्थी उत्तीर्ण

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक ७०% भन्दा बढी विद्यार्थी उत्तीर्ण

  भक्तपुर कार्तिक ४।। कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ हजार एक सय ७१ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको र तीन जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ । प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले सात…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

  बिर्तामोड ।।   झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको  विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड…
Read More
न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  बिर्तामोड असोज २३ ।। बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीले दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।अभिभावक संघ एकाई अध्यक्ष नरेश भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, आबद्ध साकोसका व्यवस्थापक पर्वत चिमरिया, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालयका इञ्चार्ज नोयल परेरा, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा २०८१ को उत्कृष्ट शिक्षक मनिषा श्रेष्ठलाई १० हजार रुपैँयासहित सम्मान गरिएको थियो । सो अबसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक हुमागाईंले विद्यालयप्रति जिम्मेबार र लगनशिल भएर काम गर्न आग्रह गरेका थिए…
Read More
न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

बिर्तामोड,  न्युटनस् एजुकेसन एकेडेमीले   कन्काई हस्पिटलसँग सम्झौता गरेको छ। न्युटनस् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि  कन्काई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड ५ स्थित कन्काई हस्पिटल प्रा.लि. र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लि.को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । (more…)
Read More
नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

  बिर्तामोड, ०२ असोज : बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । 'स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी' विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश…
Read More
बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

  बिर्तामोड, २ असोज : बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक एक जना गरि ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ । आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व…
Read More
१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

  धनुषाधाम : धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन्। आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको रोशन दासले जानकारी दिए। सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। यहाँ शुक्रवारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा भइरहेको छ। तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जोडीले विवाह र १७० जनाले रक्तदान गरेका हुन्। तेस्रो दिन आइतवार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ।  
Read More
एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

एमबीबीएस अध्यापनका लागि बि एण्ड सी ले पायो ५० सिट

  बिर्तामोड ।। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। पूर्वी नेपालमा सञ्चालनमा आएको बिएन्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।
Read More