इपुर्वी खबर

Day: २०८२ भाद्र २९, आईतवार

जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुग्यो

  झापा २९ भदौ ।। भदौ २३ र २४ गते भएको  जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुगेको जनाएको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा सरकारले यस्तो जानकारी गराएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार आन्दोलनकारीतर्फ ५९ जनाले मृत्युवरण गरेका छन् । यस्तै, प्रहरीतर्फ ३ जनाको निधन र कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको हो । सरकारले जेनजी आन्दोलनमा मारिनेहरुलाई शहीद घोषणा गर्नुको साथै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
Read More
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

  झापा भाद्र २९ ।। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । बिहान साढे ११ बजे उनले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेकी हुन् । कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।
Read More