झापा असार २५ ।। अर्जुनधारा नगरपालिका वडा नम्बर ८ सनिश्चरे बजारमा महिलाहरूको सामूहिक कुटाईबाट अर्की एक महिलाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका वार्ड नं ४ भाङवारी घर भई ८ नम्बर वडा शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्ने २२ बर्षिया युवती गंगा राईको मृत्यु भएको हो। आफ्ना पति गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६०…

बिर्तामोड असार २५।। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापाको समन्वयमा सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम समापन भएको छ । असार ८ गतेबाट झापाको बिर्तामोड स्थित प्रथम आइटी कलेजको सभा हलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै औपचारिकरुपमा तालिम समापन गरिएको हो । आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो । बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख…