बिर्तामोड असार ५ ।। इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (आईसीआरटीएआई २०२५) अन्तर्राष्ट्रिय सम्मेलन आगामी असार १४ र १५ झापाको बिर्तामोडमा हुने भएको छ । नेपालको प्रविधि इतिहासमा नयाँ अध्याय शुरु हुँदै गर्दा नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पस भद्रपुर झापाको सहआयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, दक्षिण कोरिया, फिलिपिन्स्, र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । शर्माका अनुसार आईसीआरटीएआई २०२५ केवल प्रविधि प्रदर्शन गर्ने मञ्च होइन। यो सम्मेलनले नीति निर्माण, सार्वजनिक संवाद र…