बिर्तामोड वैशाख २१ ।। झापाको बिर्तामोडमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं ५ मा अवस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र सिलिगुडीको नेताजी युथ क्लबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल धराने डर्बी योङ युथ एफसी र यती एफीले आपसमा प्रतिस्पर्धा गर्ने छन् । आयोजकले मार्क्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । त्यस्तै, योङ युथले आयोजक बि…