इपुर्वी खबर

Day: २०८२ बैशाख १०, बुधबार

प्रथम स्यालडाँगी नकआउट फुटबल कप :  पाहुना टोली कुवापानी एफसी  सेमिफाइनल प्रवेश

प्रथम स्यालडाँगी नकआउट फुटबल कप : पाहुना टोली कुवापानी एफसी सेमिफाइनल प्रवेश

  बिर्तामोड वैशाख १० ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा उत्कृष्ट जितका साथ  पाहुना टोली कुवापानी एफसी इलाम  सेमिफाईनलमा प्रवेस गरेको छ । आज बुधबार भएको खेलमा लक्ष्मीधाप स्पोर्टिङ क्लब अर्जुनधारालाई २/० गोलअन्तरले पराजित गर्दै  कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको  २० औँ मिनेटमा कुवापानी एफसीका जर्सी नम्बर ९ का निशान राईले एकल प्रयासमा मैदानको दायाँ भागबाट बल अघि बढाउँदै डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमें सगै कुवापानी एफसीले खेलमा अग्रता बनाएको हो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बल पोजिसनमा पकड जमाएको कुवापानी एफसीका लागि जर्सी…
Read More