बिर्तामोड वैशाख ०९ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा सैनिक ११ फुट्बल क्ल्ब सेमिफाईनलमा प्रवेस गरेको छ । आज मङ्गलबार भएको दोस्रो क्वाटर्र फाईनल खेलमा धाइजन चाराली फुटबल क्ल्बलाई ४/० गोलअन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लब सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पाएका केही अवसरहरूलाई गोल्पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ दुवै टोलीका लागि गोलरहित बराबरी रह्यो। दोस्रो हाफमा धाइजन चाराली क्लबमाथि पूर्ण दबाब राख्दै सैनिक ११ फुटबल क्लबले अभिषेक गुरुङको उत्कृष्ट गोलसँगै खेलमा अग्रता बनायो। पहिलो गोल गरेको एक…