बिर्तामोड चैत्र १६ बिर्तामोडका युवा व्यवसायी बिनोद दाहाल र दिनेश दाहालले बुद्धशान्ति गा.पा.–६, स्थित आदर्श ज्येष्ठ नागरिक चौतारीमालाई एक कार्यक्रमका वीच लौरो र छाता हस्तान्तरण गर्नु भएको छ । चौतारीद्वारा पाक्षिक रुपमा आयोजना गरिने भेटघाट एवं भजन कीर्तन कार्यक्रमका वीच चैत्र १६ गते चौतारीलाई ५५ थान लौरो र छाता प्रदान गर्नु भएको छ । चौतारीका तर्फबाट अध्यक्ष केशव भट्टराई र सचिव कृष्ण आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा समिति पदाधिकारी लगायत तीन दर्जन बढी ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा व्यवसासी बिनोद दाहालले वर्तमान समयमा यूवा अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे…