दमक चैत्र १४ । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताउनुभयो । जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले, नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने बताउनुभयो । पत्रकार…

झापा चैत्र १४ ।। झापाको गौरादहमा धान खेतको पानीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । हिजो दिउँसो घरनजिकैको आलीबाट लडेका गौरादह-१ बस्ने ६२ वर्षीय मेघराज दाहालको धान खेतको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान अन्दाजी १० बजे घरमा कसैलाई नसोधी हिँडेकोमा धेरै समय घर फर्की नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा दिउँसो २ः३० बजे धान खेतमा घोप्टो परी उनी मृत अवस्थामा फेला परेका थिए । उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टनका लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।