मङ्गलबारे फागुन ७ ।। शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो…
बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका…