इपुर्वी खबर

Day: २०८१ पुष १२, शुक्रबार

चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

  पाँचथर पुस १२।।   झापाकपको उपाधि जितेको एक साता न भाबित्दै चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । खेलमा सुरुवाती अग्रता भने आयोजक फिदिम स्पोर्टिङ क्लबले लिएको थियो । खेलको ४३औँ मिनेटमा दिनेश शेर्माले गोल गर्दै फिदिम स्पोर्टिङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आयोजक क्लबले अग्रतालाई धेरै समय टिकाउन सकेन । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफ १-१…
Read More