इपुर्वी खबर

Day: २०८१ भाद्र ४, मंगलवार

झापाको दुई भिन्न ठाउँमा खुकुरी प्रहारबाट एकको मृत्यु एक घाइते।

झापाको दुई भिन्न ठाउँमा खुकुरी प्रहारबाट एकको मृत्यु एक घाइते।

  झापा भाद्र ४ ।। झापाको दुई भिन्नाभिन्नै ठाउँमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।  झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् भने  झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ पौने ७ बजे शिवसताक्षीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती २९ वर्षीया रञ्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । उनका पति ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरीले हानेर रञ्जनाको हत्या गरेको छिमेकीले बताए । शिवसताक्षी ८ निपत्रियाको घटना पतिपत्नीबीचको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय…
Read More
बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

बिर्तामोड नगर अस्पतालमा प्रसूती गराउनेको संख्या बढ्यो

  बिर्तामोड, ४ भदौ : बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्। नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी)…
Read More
यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने

यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने

  बिर्तामोड भाद्र ४ ।। यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने भएको छ । ‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१द्वारा सम्मान गरिने प्रतिष्ठानले जनाएको  छ । राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् । राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमापुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि…
Read More
मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते।

मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते।

मोरङ भाद्र ४।। , मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी ७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हिराधन तामाङलाई पक्राउ गरेको छ । आइतवार राति १० बजेतिर हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । उनको अहिले बिराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । वैदेसिक रोजगारीमा रहेका हिराधन ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि…
Read More
विद्यार्थी भिसामा कोरिया गाएकी इलामकी सोनुको निधन

विद्यार्थी भिसामा कोरिया गाएकी इलामकी सोनुको निधन

  इलाम : विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (ड्२)मा कोरिया गएकी थिइन्। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ। निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए। सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।    
Read More