बिर्तामोड साउन २६ ।। झापाको चारपानेमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न ब्युटी सैनुन एण्ड एकेडेमी संचालनमा आएको छ। झापाको बिर्तामोड दुई चारपाने बेलडाँगी रोडमा आजबाट औपचारिक उद्घाटन गरिएको ज्योति ब्युटी सैलुन एण्ड एकेडेमीमा ब्युटिसियन सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्नुका साथै ब्युटिसियन सम्बन्धी सबै काम हुने सञ्चालिका ज्योति पराजुलीले बताउनुभयो । ज्योति ब्युटी सैलुन एड एकेडेमीमा ब्युटिसियन सम्बन्धी बेसिक,स्पेसल डिप्लोमा, मास्टर्स र विदेश जान चाहनेका लागि स्पेसल कक्षा समेत सञ्चालन हुने उहाँले बताउनुभयो । लामो समय हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा विभागीय प्रमुखसमेत भएर काम गरिसक्नुभएकी पराजुलीले भारत,काठमाडौँ र बिर्तामोडमा ब्युटिसियन सम्बन्धित तालिम लिएर ब्युटी शैलुन तथा एकेडेमी सञ्चालनमा…
रूपन्देहीमा जुधिरहेका गोरुको टेकेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । साउन २० को साँझ साढे ७ बजेतिर पैदल यात्रा गरिरहेकी गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेलाई एकापसमा जुधिरहेका गोरुले कुल्चिएर घाइते बनाएका थिए । घाइते उनको उपचारका क्रममा २४ साउनमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चिया पसलको व्यवसाय गरिरहेकी उनी पैदल हिंड्दै गर्दा गोरु जुधेकै स्थानमा पुगेकी थिइन् । उनलाई ती गोरुले एक्कासी कुल्चेर पल्टाइदिएका थिए । सीताका छोरा विदेशबाट आएपछि उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको पण्डितले बताए…

एजेन्सी।। ब्राजिलको साओ पाउलो राज्यमा एक विमान दुर्घटना भएकाे छ। विमानमा सवार सबै ६२ यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे। सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो। स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको…