इपुर्वी खबर

Day: २०८२ आश्विन ६, सोमबार

श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानद्वारा झुण्डिएर आत्महत्या

श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानद्वारा झुण्डिएर आत्महत्या

  झापा असोज ६ ।। इलामको साँखेजुङमा एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफूले झुन्डिएर आत्महत्या गरेका छन्। इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेका हुन् । आज बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकीले  प्रहरी चौकी रक्सेमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही…
Read More
बडा दशैं आजबाट सुरु, आज घटस्थापना गरिँदै

बडा दशैं आजबाट सुरु, आज घटस्थापना गरिँदै

  झापा असोज ६ ।। नेपालीहरुको  महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।…
Read More