इपुर्वी खबर

Day: २०८२ असार २९, आईतवार

काठमाडौँको बुढानीलकण्ठमा फुट्सल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख

काठमाडौँको बुढानीलकण्ठमा फुट्सल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख

  काठमाडौँ असार २९ ।।    काठमाडौँको बुढानलकण्ठमा पहिलोपटक खुल्ला पुरुष फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। इन्टरनेसनल इभेन्ट्स नेपालले आयोजना गर्न लागेको उक्त फुट्सल प्रतियोगिता बुढानीलकण्ठ स्थित देवी स्पोर्ट्स हाउसमा यही श्रावण २ र ३ गते हुने आयोजकले जानकारी दिएको छ। आई सी एस एजुकेशन माईग्रेसन मुख्य प्रायोजक रहेको प्रतियोगिताको एक्सट्रीम इनर्जी ड्रिंक्स पावर स्पोन्सर रहेको छ। प्रतियोगितामा काठमाडौँ; लगायत देशका विभिन्न फुट्सल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साउन ३ गते हुने फाइनल विजेताले नगद १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् यसैगरी विधागत रूपमा…
Read More
आज २१२औँ भानु जयन्ती, देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

आज २१२औँ भानु जयन्ती, देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

  झापा असार २९।। नेपालि साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पढेको पाइन्छ । तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए…
Read More