बिर्तामोड ।। झापाको बिर्तामोड नगरपालिका वडा नं.३ मा रहेको लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको नि:शुल्क दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्कन मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताए स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्मका सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा.आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो । डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको अभिभावकलाई जानकारी गराएकी…