इपुर्वी खबर

यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे

 

यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो ।

समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ ।
त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ मिनेटको साइत रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...