झापा ।। इलामको चुलाचुली वडा १ मा अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खाएको छ । हिजो(बुधबार) मध्याह्न १२ बजे स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदैगरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए ।
करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा छाडेका छन् ।