इपुर्वी खबर

सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

 

झापा ।। आज भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार आज ऋषिपञ्चमी पर्व मनाउँदैछन्।

सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।

यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।

सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ। ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्रा ।डा । देवमणि भट्टराईले जानकारी दिए।

ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ।

पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...