इपुर्वी खबर

आमासँगै हराएका दुई नाबालिकाको सब केराबारीमा फेला, आमा अझै बेपत्ता

 

विराटनगर : मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ।

सुन्दरहरैँचा  नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए।

अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए।  उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको प्रहरीले पत्ता लगाएको छ।

पतिसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८:३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी बस्नेतले बताए। दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा भोलिपल्ट फेला परेको छ। दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो। सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले दिए। घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारेजस्तो देखिने उनले बताए।

उनका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ। ‘बाहिरी चोटपटक देखिएको छैन। घटनास्थलमा ‘मेटासिट’को बट्टा फेला परेको छ,’ बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो। घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ।’ छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि, अनुसन्धानपछि र आमा फेला परेपछि वास्तविकता पत्ता लाग्ने बस्नेत बताउँछन्।

बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन्। प्रहरीका अनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको पाइएको छ। ‘आफूसँग विवाद भएपछि २ नाबालिका छोरी लिएर पत्नी हिँडेको भनेर अर्जुनले भनेका छन्। नाबालिकाहरु अहिले मृत फेला परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरु लिएर हिँड्ने र पुन: फर्किएर आउने गरेको पाइयो। वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान सुरु गरिएको छ।’

घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन्। कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...