ताप्लेजुङ ।। दोश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लव मोरङले जितेको छ। सहलेस युवा क्लव सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथा मोरङले उपाधि जितेको हो।
सगरमाथा युथ क्लवका विजय भुजेलले खेल शुरू भएको दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। भुजेलको गोल नै उपाधिका लागि निर्णायक बन्यो।
मध्यान्तरपछि आक्रामक खेल भए पनि दुबै टिमले गोल गर्न सकेनन्। उपाधिसँगै सगरमाथाले नगद ५ लाख हात पारेको छ। उपविजेता सहलेस सिरहाले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।