इपुर्वी खबर

अर्जुनधारामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ

 

झापा साउन २७ ।। झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ ।

मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेका उनीहरुबाट चोरीका सामानसहित भरुवा बन्दुक र खुकुरी बरामद भएको हो ।

प्रहरी चौकी शनिश्चरेका होमप्रसाद खनालको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले छिरिङ तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

उनीहरुको साथबाट चाँदीको सिक्री–२ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान, चाँदीको औठी २ थान, चाँदीको पाउजु २ थान र एनसेल कम्पनीको ५० रुपैयाँ दरको रिचार्ज कार्ड ५ थान भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...