इपुर्वी खबर

‘रोङ गट ट्यालेन्ट’ को फाइनल आगामी शनिबार हुने, छानिए १५ फाइनलिस्ट

 

 

ईलाम  असार १८।। ईलामोको रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् ।

नृत्य विधामा निरुता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ ।

‘रोङ गट ट्यालेन्ट’ को फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । फाइनल रोङ-३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उनले बताए । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने उनले बताए । ‘यस वर्षको प्रतिस्पर्धामा रोङगाउँपालिकाका विभिन्न प्रतिभावान कलाकारहरूले भाग लिएका छन्। फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीनवटा विधा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,’ अध्यक्ष स्याङ्बोले भने ।

आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ ।

रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । ‘सम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रह गर्दै आगामी दिनमा पनि यो कार्यक्रम लाई  निरन्तरता दिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...