इपुर्वी खबर

कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

 

बिर्तामोड असार १ ।। राउन्ड टेबल नेपालद्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ।

अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४-० गोल अन्तरले पराजित गर्दै  एभरेस्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो।

उपाधिसँगै एभरेस्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद  ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गर्दै आकर्षक ट्रफीमा चित्त बुझाएको छ।

 

प्रतियोगितामा बिएनसी हस्पिटल, कन्काई हस्पिटल लक्ष्मी सनराइज बैंक, एलएनजी इन्सुरेन्स सिद्धार्थ बैंक, हिमालय इन्सुरेन्स, मेची आई हस्पिटल, अजोड इन्सुरेन्स, बिर्ता सिटी हस्पिटल,  एभरेस्ट बैंक गरी कुल १२ वटा प्रतिष्ठित कर्पोरेट हाउसहरूको सहभागिता रहेको थियो।

खेलकुदको माध्यमबाट कर्पोरेट क्षेत्रबीच क्षेत्र विस्तार गर्ने , आपसी सम्बन्धलाई बलियो बनाउने  र प्रतियोगिताबाट बचेको रकमले बारदशी गाउँपालिका ३ राजगढ झापा स्थित रामनगर आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले च्यारिटी फुट्सल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सदस्य दीपक मित्तले जानकारी दिनुभयो

जसअनुसार पहिलो चरणमा विद्यालयको शौचालय रेनोभेसन र वाटर फिल्टर जडान गरिनेछ। त्यस्तै दोस्रो चरणमा विद्यालयको स्तर उन्नति कक्षा कोठा निर्माण, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला निर्माण गरिने मित्तलले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...