इपुर्वी खबर

बानिया बन्धु समाज झापाको भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाश बानियाँ

झापा। । बानिया बन्धु समाज, झापाले एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।समाजले नयाँ वर्ष २०८२ को अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो।

सोही अवसरमा बानियाँ समाजको जिल्ला कार्यसमितिको कार्यालयमा नयाँ होल्डिङ बोर्ड राख्ने कार्य समेत सम्पन्न भएको जनाइएको छ।

कार्यक्रमसँगै आयोजित बैठकमा समाजको समग्र गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने विषयमा त्यसैगरी आगामी गोठपूजा कार्यक्रमको आयोजना सम्बन्धमा लगायतका विविध विषयमा छलफल गरिएको समाजका उपाध्यक्ष उपेन्द्र बानियाँले बताएका छन्।

कार्यक्रम अध्यक्ष भक्तबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष शेरबहादुर बानियाँ, केन्द्रीय सचिव मनोज बानियाँ लगायत जिल्लाका अग्रज बन्धुहरू, बुद्धिजीवी वर्ग तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र बानियाँले गरेका थिए ।

समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण सदस्यहरूमा सुख, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...