इपुर्वी खबर

होलिबेलको बार्षिक उत्सवमा जब विद्यार्थीले संस्थापक अणु प्रधानलाई सम्झिए…

धुलाबारी । विद्यार्थी, अभिभावक र अतिथिले भरिभराउ टाउन हल । विद्यार्थीहरुको आ आफ्नो प्रस्तुती नृत्य, गायन र भाषणले माहोल निकै तातेको थियो । प्रमुख अतिथिका रुपमा मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ थिए । उनी पनि विद्यार्थीको प्रतिभालाई नजिकबाट हेरिरहेका थिए । यत्तिकैमा एउटा नृत्य प्रस्तुत भयो । सम्बोधन तिमीलाई गर्दैछु भन्ने गीत गन्जियो । त्यसपछि विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्न थाले । अघि रमझमम रहेको माहोल एकाएक शान्त तथा भावुक बन्यो । नृृत्य विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झनामा कोरियाग्राफर गरिएको थियो । जसले विद्यालयलाई स्थापना गरेर २० वर्ष पुरा गरेपछि प्रधानको निधन भएको थियो । विद्यालयकी निर्देशक अमृता प्रधान, छेउमै रहेका छोरा अभिषेक प्रधान र छोरी अरिस्ता प्रधानको मात्र होइन अणु प्रधानलाई बुझने सबैको आँखा रसाएका देखिन्थे । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सबमा विद्यार्थीहरुको यो नृत्यले माहोल नै फरक बनाएको थियो । विद्यालयकी प्रिन्सिपल अरिस्ता प्रधानले बुबाले देखाउनु भएको सहि मार्गनिर्देशनले आज पनि विद्यालयले निरन्तर सफलता प्राप्त गर्दै गएको र कार्यक्रमम बुबाको तस्विरले भावुक बनेका बताइन् ।
कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गायन, झाँकी एबम् क्षमता प्रस्तुत गरेका थिए ।

मेचीनगर–९ का वडाअध्यक्ष कन्चन तामाङ प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न २४ औं बार्षिक उत्सब कार्यक्रममा विशेष अतिथि कबि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुङ्गेल, मेची उध्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषि तिम्सिना, बलभद्र आधारभुत बिद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, बिद्यालयका संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, निर्देशक अभिषेक प्रधान, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु खगेन्द्र घिमिरे, प्रविन अधिकारी, प्रकाश पौडेल, दिलिप थापालगायतको सहभागिता रहेको थियो
२०५७ सालमा मेचीनगर–९ धुलाबारीमा स्थापना भएको होलिवेल अंग्रेजी माध्यमिक विद्यालय र विद्यार्थीको बारेमा कक्षा ८ मा अध्ययनरत अनन्य मल्लले प्रस्तुति गरेको थिइन् ।

बिद्यालयको शैक्षिक, भौतिक र आन्तरिक गतिबिधिका बारेमा बिधालयका प्रिन्सिपल अरिस्ता प्रधानले जानकारी गराएको कार्यक्रममा संस्थापक स्वर्गीय अणु प्रधानको सम्झनामा दीप प्रज्वलन गरेको थिए ।

अध्यक्ष गोपाल बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...