इपुर्वी खबर

युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक

काठमाडौं। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्।फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा अमेरिकालाई समावेश गर्ने योजना बनाइएको छ।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीसहित १८ युरोपेली देशको नेतृत्व सहितको सम्मेलनपछि स्टेइमरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताए।बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ।

युद्धको अन्त्य गर्ने सवालमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। भविष्यमा हुने खतराबाट बचाउनका लागि युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने सहमति भएको छ। युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि ‘इच्छुकहरूको गठबन्धन’ गर्ने सहमति गरेका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...