इपुर्वी खबर

गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा  मैत्रीपूर्ण फुटवल प्रतियोगिता

 

झापा, फागुन १५ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो ।


प्रतियोगिका विजयी टिमलाई गाउँपालिका अध्यक्षा चम्लगाई, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा म्यान अफ द म्याच बाह्रदशी शिक्षक ११  टिमका जीवन धमला घोषित भए ।
गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र वहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव आगामी फागुन २० गते मनाउने तयारी गरिएको विद्यालयका प्रधानाध्याापक लेखनाथ कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...