इपुर्वी खबर

आज महाशिवरात्री पर्व धुमधामका साथ मनाईदै।

झापा।आज देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी महाशिवरात्री पर्व मनाइँदैछ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाईने यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये शिव रात्रीलाई पवित्र पर्वका रूपमा धुमधामका साथ मनाउने गरिन्छ ।

काठमाण्डौ स्थित प्रशिद्ध शक्तिपीठ पशुपति नाथ मन्दिर त्यसै गरी पुर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम लगायत देशभर रहेका भगवान शिवजीको मन्दिरहरुमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लाग्ने गर्छ र धुमधामका साथ भक्तजनहरुले पूजा आराधना गरी मनाउने गर्दछन् ।

निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुधको अभिषेक र भगवान शिवको महिमा भजन किर्तन पूजा आराधना गरी मनाइने शिवरात्रीलाई पर्वको राजा समेत भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुबैको प्राप्ती हुने धार्मिक विश्वास रहेको पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...