इपुर्वी खबर

टाईब्रेकरमा जित निकाल्दै इलाम नगरपालिका सेमिफाइनलमा प्रवेश

 

मङ्गलबारे फागुन ४ । इलाम नगरपालिका  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज आइतबार भएको खेलमा इलाम नगरपालिकाले माइजोगमाई गाउँपालिकालाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि खेल टाईब्रेकरमा  धकेलिएको थियो।  टाईब्रेकरमा इलाम नगरपालिकाका गोलकिपर विवेक मगर नायक बने उनले माइजोगमाई गाउँपालिकाका खेलाडीको एक प्रहारलाई रोकेका थिए भने एक प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका विजेता इलाम नगरपालिकाका  गोलकिपर विवेक मगर प्लेयर अफ द म्याच बन्दै ट्रफी र नगद ३००० प्राप्त  गरे

प्रतियोगिता अन्तर्गत फागुन ५ गते सोमबार देउमाई नगरपालिकाले सेमिफाइनल प्रवेशका लागि सूर्योदय नगरपालिकाको सामना गर्नेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...