इपुर्वी खबर

डिभी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश।

काठमाडौं। फागुन २।। ट्रम्प प्रशासनले डिभी लट्री खारेज गर्ने तयारी गरेको संगै जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका छन् ।

सांसदहरूले  ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत् आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम भइरहेको समेत उल्लेख गरेका छन्। योग्यतामा आधारित प्रक्रियाबाट आप्रवासी छनोट गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

विधेयक पेश गर्नुको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी कार्यक्रमको विरोध गर्दै आएका थिए। उनको यसअघिको कार्यकाल देखिनै उनले डीभीको विरोध गर्दै आएका हुन्। राष्ट्रपति ट्रम्पले ३१ अक्टोबर २०१७ मा न्युयोर्कको म्यानहटनमा भएको घातक ट्रक आक्रमणपछि पहिलो टिप्पणीमा संसदलाई डिभी कार्यक्रम तत्काल अन्त्य गर्न माग गरेका थिए ।

अमेरिकाले डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम (डिभी प्रोग्राम) ले वार्षिक रूपमा चिट्ठा आयोजना गर्छ जहाँ ५५ हजार आप्रवासीहरूलाई ग्रीन कार्ड दिइन्छ।​

अध्यागनम ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डिभी मार्फत्अमेरिका जाने नेपालीको संख्या पनि उच्च छ। १९९० बाटै नेपालमा पनि सुरू गरिएको डिभीमार्फत हालसम्म ५७ हजार बढी नेपालीले ग्रिनकार्ड पाइसकेका छन्। वार्षिक १० लाखभन्दा बढी नेपालीले डीभीका लागि आवेदन दिने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...