इपुर्वी खबर

अनलाइनबाट दुर्व्यवहारका घटना बढ्न थालेपछी घटना न्यूनीकरण गर्न डिजिटल शिक्षा आवश्यक रहेको विज्ञहरूको भनाई

काठमाण्डौ। फागुन २।। इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेपछी घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको एक कार्यक्रममा विज्ञहरूको भनाई रहेको छ। यसैगरी धेरै बालबालिका साइबर हिंसाको सिकारमा परिरहेको हुनाले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिका लगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्ने कुरामा समेत उहाँहरूको जोड रहेको छ।

काठमाण्डौमा सुरक्षित इन्टरनेट दिवसका अवसरमा भएको कार्यक्रममा महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्ने महिला आयोगका अध्यक्ष कमला पराजुलीको जोड रहेको छ। यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै हरेक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताएकी छिन् । साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको कारण इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्ने राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालको भनाई रहेको छ।

यता नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए । जसमा दुई सय ५३ बालक  थिए भने तीन सय ८२ बालिका थिए । त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार सात सय ४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्याङ्क छ ।नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...