इपुर्वी खबर

झापा गोल्डकपको नयाँ कार्यसमिति चयन, सबै पदमा सर्बसम्मत

 

बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा बिर्तामोडका  केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन भएका हुन् ।

कार्यसमिति सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा सर्बसम्मत नतिजा आएको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) यसअघि नै निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए ।

कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व तामाङ्लाई सर्बसम्मत भएका हुन् । त्यस्तैसहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् ।

त्यस्तैसदस्यहरुमा श्याम श्रीवास्तवकिरण थापाभूपेन्द्र भण्डारीसुशील थापाविसन लिम्बूदिपेन चौधरीशैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन् ।

सहमतिको प्रयासका लागि निर्वाचन समितिले पटकपटक समयसमय थप गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...