इपुर्वी खबर

चिलिङदिनमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

 

पाँचथर पुस १० ।।  पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदिन बरडाँडामा उधौलीपर्व चासोक तङनामको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ

पूर्वका चर्चित ९ वटा भलिबल टिमहरू सहभागी भएको खेलमा फाइनल प्रतिस्पर्धी पूर्व क्षेत्रीय प्रहरी टिम रानी विराटनगरलाई अन्तिम सेटमा पछि पार्दै आयोजकले उपाधि जितेको हो।

उपाधिसँगै आयोजकले नगद ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पुलिस टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो

अत्यन्तै रोचक बनेको फाइनल खेलमा दुवै टोलीले दुईदुई सेट जितेपछि अन्तिम सेटमा पुलिसलाई १५-१३ ले पछि पार्दै आयोजक च्याम्पियन भएको हो। सेमिफाइनलमा अर्को बलियो टोली pyc चिलिङदिन लाई पराजित गर्दै आयोजक फाइनल पुगेको थियो। त्यस्तै दोस्रो सेमिफाइनल खेलमा वारङ्गी मोरङलाई हराउँदै पुलिसले आयोजकसँगको फाइनल भेट पक्का गरेको हो।

प्रदीप कट्टेल कृष्ण चापागाईं, गिरिराज श्रेष्ठ संयोगहाङ नेम्बाङ जस्ता पूर्वका चर्चित खेलाडी लिएर आयोजक मैदानमा उत्रिएको थियो भने पुलिस टिममा पनि देबेन चेम्जोङ बालकुमार रायमाझी अम्बिका खत्री जस्ता खेलाडीहरु सहभागी थिए

पौष ७ गतेदेखि १० गतेसम्म आयोजित चासोक तङनाम मेला तथा भलिबल प्रतियोगितामा भलिबल खेलसँगै अन्य विविध सांगीतिक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। आदिवासी जनजाति  महासंघ चिलिङदिनका अध्यक्ष अगमबहादुर नेम्बाङको सभापतित्व तथा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष ब्रिजहाङ आङदेम्बेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा  उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ र फाल्गुनन्द गाउँपालिका वडा नं चारका वडाध्यक्ष दल बहादुर नेम्बाङको विशिष्ट अतिथ्यता रहेको थियो।

सोही कार्यक्रममा विभिन्न समूहहरूले धान नाच च्याब्रुङ नाच, साकेला नाच, पालाम नाच प्रस्तुत गरेका थिए। सहभागी टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि वृजहाङ  आङदेम्बे लगायत अतिथिहरुले सम्मानपत्र प्रदान गरेका थिए। सोही साँझ नेपालका चर्चित कलाकारहरू तारा प्रकाश लिम्बु बबिना किराती पालाम गायिका मनु नेम्बाङ आईन्द्र नेम्बाङ , बिरु थेगिमले आफ्ना गीतसंगीत प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए भने डान्सर सरस्वती धिमालको डान्सले दर्शक दीर्घालाई मन्त्रमुग्ध बनाएको थियो।

 

नामसामी केसामी केलाङ समूह र आदिवासी जनजाति महासङ्घ चिलिङ्देनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई  सम्झना योङहाङ र छत्र नेम्बाङले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...