इपुर्वी खबर

नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचन सम्पन्न, अध्यक्षमा पुन गिरी

 

बिर्तामोड मंसिर २९।। नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा  एकराज गिरी पुन: निर्वाचित भएका छन्। अध्यक्षका अन्य प्रत्याशीहरू डिकेश लामा राजेन्द्र गौतम र टिकाराम  नेपाल नीतिलाई पराजित गर्दै गिरी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्

यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा शर्मा, कोषाध्यक्षमा मुक्ति पौडेल  सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भएका हुन् ।  खुला सहसचिवमा रमेश तिवारी , समावेशी सहसचिवमा तिलक योञ्जन  निर्वाचित भएका छन्

त्यस्तै महासङ्घको कार्यसमिति सदस्यहरूमा  भूमिका सुब्बा ,सन्तोष शर्मा, मन कुमार गदाल इन्द्रकुमार राई , अस्मिता साँखी , इशा प्रधान  स्वस्तिका आचार्य , विनोद पाण्डे,  सुदीप अधिकारी द्रोण अधिकारी , दिपेश राजवंशी,  देवेन्द्र प्रसाईं  र भूमिराज पराजुली  निर्वाचित भएका छन् ।

पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...