झापा मंसिर । झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा र्वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ ।
मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा फरुवा र कलको हेनडलले प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ।
मोबाइल चोर्ने उद्देश्यले वृद्धाको हत्या गरिएको प्रहरीले जनाएको छ। वृद्धाको हत्यापछि चोरी भएको कलर ब्रान्डको मोबाइल र साइकल पनि बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानको तालिमप्राप्त कुकुर टोलीको सहयोगमा अनुसन्धान अघि बढाएका थिए। फरार रहेका दुई प्रतिवादीलाई झापा गाउँपालिका-७ मदरगाछबाट पक्राउ गरिएको हो।
