इपुर्वी खबर

न्युटन्स् बाल क्लद्वारा अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान

 

बिर्तामोड मंसिर १८ ।। ३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा विद्यालयका संस्थापक हरि प्रसाईंको स्मृति दिवसको अवसरमा न्युटन्स् बाल क्लबले अपाङ्गता भएका दुई शिक्षकलाई सम्मान गरेको छ ।

बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले समावेशी तथा दिगो भविष्यको आधार, अपाङ्ग भएका व्यक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका शिक्षकद्वय पदम अधिकारी र चन्द्र भट्टराईलाई दोसल्ला, टोपी र मायाको चिनोले सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिनुभयो।

बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका डाईरेक्टर आशिष प्रसाईं रहेका थिए ।

उक्त अवसरमा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल, डाईरेक्टर प्रसाईं, प्रधानाध्यापक हुमागाई लगायतले आ-आफ्ना धारणा राखेका थिए भने कार्यक्रममा अभिभावक राजेन्द्र चौलागाईं, अनिल सुवेदी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सुलभ कार्की र पुजा ताम्लिङ्गले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...