जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
जनकपुरले सोमबार विदेशी स्टार खेलाडीले भरिएको कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको थियो । कर्णालीको भने यो पहिलो खेल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
