इपुर्वी खबर

गौरादह नगरपालिकालाई हराउँदै बिर्तामोड नगरपालिका खुदनाबारी गोल्डकपको सेमिफाइनलमा।

 

अर्जुनधारा । गौरादह नगरपालिकालाई पराजित गर्दै बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमीफाइनल यात्रा तय गरेको हो ।

बिर्तामोडको जितमा श्याम मुर्मु नायक बने । उनले खेलमा ह्याट्रीक पुरा गरे । मुर्मुले खेलको २१ औं मिनेटमा आशिष चापागाईले प्रहार गरेको फ्रि–किकलाई हेड मार्फत गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएको थिए । उनले पहिलो हाफको अतिरित्त समयमा दोस्रो गोल गरे । खेलको ४७ औं मिनेटमा थप एक गोल गर्दै मुर्मुले ह्याट्रीक पुरा गरे ।

बिर्तामोडका लागि सनम भुजेल र सुजन लिम्बूले थप एक–एक गोलको योग्दान दिए । पहिलो हाफको अतिरित्त समयमा डि–एरीया नजिकैबाट भुजेलले प्रहार गरेको फ्रि–किकले जाली चुमेको थियो । लिम्बूले खेलको ६१ औं मिनेटमा टिमका लागि ५ औं गोल गरेका थिए ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा गौरादहले भने स्कोर गर्न नसक्दा ५–० गोलको पराजय भोग्यो । पहिलो हाफमा ३–० गोल अन्तरलेपछि परेको गौरादहले दोस्रो आफमा सुधारीएको प्रदर्शन गर्न नसक्दा थप २ गोल खायो ।

आजको खेलमा ह्याट्रीक गरेका बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई बिर्तामोडका नगरउपप्रमुख नगेन्द्र संग्रौला, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकपको भोली हुने चौंंथो क्वाटरफाइनलमा दमक नगरपालिका र भद्रपुर नगरपालिकाबिच सेमिफाइनल प्रवेशकालागि प्रतिस्पर्धा हुनेछ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...