इपुर्वी खबर

चौथों खुदुनाबारी गोल्डकप, पहिलो खेलमा बिर्तामोडको विजयी सुरुआत

 

अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो ।

बिर्तामोडकालागि खेलको दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो । खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पुरस्कार पाए ।

उनलाई प्रमुख अतिथि अर्जुनधाराका मेयर बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक सिताराम भट्टराई र शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगिता अन्तरगत भोली हुने दोस्रो खेलमा आयोजक टिमसंग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले जानकारी दिनुभयो ।

प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवपसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

चौथों खुदुनाबारी गोल्डकपको उद्घाटन

अर्जुनधारा । खुदुनाबारी गोल्डकपको चौथो संस्करण आजबाट सुरु भएको छ । गोलडकपको चौथो संस्करण अन्तर्गत आजबाट अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा संचालन सुरु भएको गोल्डकपको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देनले उद्घाटन गर्नुभयो । मुख्य रेफ्रीलाई उद्घाटन खेलकालागि बल हस्तनान्तरण गर्दै गोम्देनले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहकी बिशेष अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महत्तरा प्रसाईले पानसमा दिप प्रज्वलन गर्नुभएको थियो ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगिता संयोजक तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले स्वागत गर्नुभएको थियो ।

उद्घाटन समारोहमा संयोजक भट्टराईले खुदुनाबारीको इतिहाससहित गोल्डकप आयोजनालाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कैदले प्राकृतिक रङशालाको स्तरउन्नती, युवा पुस्ताहरुलाई खेलक्षेत्रमा प्रोत्साहन दिई व्यवसायिक खेलाडीको रुपमा उत्पादन गर्ने, नगरपालिका नगरपालिका बिचको भाइचारा सम्बन्ध बढाउने र कैदेले पर्यापर्यटन क्षेत्रको दिगो बिकासको लागि बढावा दिने, राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद नाराका साथ खुदुनाबारी गोल्डकपलाई निरन्तरता दिदै सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने लगायतका उदेश्यहरु राखेर प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधि सहित विभिन्नसंघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाका मेयरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...