इपुर्वी खबर

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुन ७ देखि

 

बिर्तामोड कार्तिक १० ।।  पहिलो संस्करणमै राम्रो ख्याति कमाउन सफल  भद्रपुर झापा गोल्डकपको  दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो ।

आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ । २०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।

झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल र सार्क मुलुकहरुका उत्कृष्ट टिमहरुको सहभागिता गराउन अधिकतम प्रयास गरिने अध्यक्ष ढकालले बताए ।

पहिलो संस्करणको प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो । मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...