इपुर्वी खबर

अनैतिक सम्बन्ध लियो ज्यान, मध्यरातमा मुनाको घरमा गएका थिए राजेश

 

बिर्तामोड ।। झापा बाह्रदशी- ७ की  मुना मेचे (राजवंशी) संगको अनैतिक सम्बन्धका कारण राजेश ठाकुरको हत्या भएको अनुसन्धानबाट खुलेको छ।

श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन्। मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ।

राजेश गत जेठ १५ गते राति करिव ११.३० बजे मुनाको घरमा गएका थिए। बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको हो।

यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अवस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर गरेकी थिइन्।

मुनाको भन्दा अलिक टाढा घर भएका गणेश मुनाको घरमा आइसकेर दुवैले राजेशलाई डोरीले बाँधेका थिए। एक प्रहरी अधिकारीका अनुसार त्यतिबेलै आइपुगेका मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीले आफूले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिएको कुरा बयानमा बताएका छन्।

तर, आवेशमा आएर उनीहरुले राजेशको हत्या गरे। मुनाले विहे गर्नुभन्दा अगाडिदेखि राजेशसंग सम्बन्ध रहेको बताइन्छ। अभय राजवंशीसंगको भागी बिहेपछि त्यो सम्बन्ध टुटेको थियो।

श्रीमान् अभय विदेश गइसकेपछि अविवाहित देवर गणेश राजवंशीसंग उनको सम्बन्ध शुरुवात भएको अवस्थामा राजेशले पुनः ‘इन्ट्री’ गर्न खोज्दा सो घटना भएको प्रहरी स्रोतको दाबी छ।

गणेश पक्राउ परेपछि मात्र सबै कुरा खुल्नसक्ने ती प्रहरी अधिकारीले बताए । प्रहरीले मुना, मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। तर, गणेशका साथी आशिषलाई प्रहरीले रिहा गरेको बुझिएको छ।

वैदेशिक रोजगारीका लागि दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।

करिब चार महिनाअघि हत्या गरी गाडेको अवस्थामा राजेशको शव हिजो साँझ बिरिङको बगरमा भेटिएको थियो। गन्हाएको अवस्थामा उनको शव बिरिङ खोलाको बगरबाट उत्खनन् गरी निकालिएको डीएसपी विष्टले बताए।

खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको सडिगलेको अवस्थामा शव फेला परेको थियो।

मृतकको कंकाल परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...